
चैत्र १, २०७२- भारतले दशगजासँगै जोडेर निर्माण गरेको सडक कालोपत्रे गरेको छ । स्थानीयवासीले ‘बाँधजस्तो सडक’ निर्माणको विरोध गरे पनि सरकार मौन बस्दा भारतलाई एकतर्फी रूपमा निर्माण गर्न सहज भएको हो । सडकले पानीको बहाव रोकेर डुबान हुने स्थानीयवासीले बताए ।
सडक निर्माण रोक्न नसके पानीको प्राकृतिक बहावको निकास खोल्न पहल गरिदिन सरकारसँग माग गर्दै आएका थिए । भारतीय पक्षले सडक निर्माण सुरु गरेपछि स्थानीयवासीले संघर्ष समिति गठन गरेका थिए । ‘तर, हामीले जति विरोध गरे पनि भारतले तटबन्धजस्तो सडक बनाएरै छोड्यो । सरकारले एकपटक पनि बोल्न चाहेन,’ हिरमिनियाका राजेन्द्र बर्माले भने, ‘अहिले त सडक पक्की भइसक्यो ।’ उक्त सडक ३० मिटर चौडा र तीन मिटर अग्लो तटबन्धजस्तो भएका कारण सीमावर्ती गाउँ डुबानको जोखिममा छ ।
अन्तर्राष्ट्रिय मापदण्डविपरीत निर्माण
सरकारी मौनताले स्थानीयवासी आश्चर्यमा
सीमावर्ती गाउँमा डुबानको खतरा
बाँकेको पश्चिम सीमा मानखोलादेखि पूर्वको सुइया बघौडासम्मको सडक भारतले निर्माण गरिसकेको छ । बघौडा क्षेत्रमा पक्की गरिएको सडकमा सवारी साधनसमेत चल्न थालेका छन् । बाँकी रहेको पश्चिमतर्फको सडकमा पनि पक्की बनाउने क्रम जारी रहेको स्थानीयवासीले बताए । सडक निर्माणका लागि माटो पटान सुरु भएलगत्तै उनीहरूले विरोध गर्न सुरु गरेका हुन् । तर, भारतीय पक्षले त्यसको बेवास्ता गर्दै निर्माण निरन्तरता दिँदै आएको छ । ‘अब त विरोध गरेर पनि काम छैन । सडक पक्की बनिसक्यो । सरकार अहिलेसम्म पनि बोल्दैन,’ सुइया बघौडाका स्थानीय नरेश यादव भन्छन्, ‘पक्की सडकका कारण वर्षामा ठूलो क्षति हुन सक्छ ।’
उक्त सडक निर्माणले सीमावर्ती हिरमिनिया, सीतापुर, राधापुर, मटेहिया, नरैनापुरलगायतका दर्जनौं गाउँहरू डुबान हुने खतरा बढेको छ । स्थानीयवासीले त्यसबारे विरोध जनाएपछि गत वर्ष नेपाल–भारतका अधिकारीबीच पोखरामा छलफल भएको थियो । तर, निरन्तर दबाब नदिँदा कुनै सुधार हुन सकेन । बाँकेवासीले तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।
सीतापुर क्षेत्रमा भारतीय सीमातर्फ घना जंगल रहेका कारण कटान हुने भन्दै सहायक पिलर नजिकै सडक निर्माण गरिएको छ । दशगजा क्षेत्रमा दुवै पक्षले कुनै पनि संरचना निर्माण गर्न नपाउने अन्तर्राष्ट्रिय मान्यता छ । तर, भारतीय पक्ष भने घना वन जोगाउन अन्तर्राष्ट्रिय मापदण्डविपरीत सडक निर्माण गरेको हो । यसअघि भारतले सन् १९९९ देखि २००० मा साढे २२ किलोमिटर लम्बाइ, ५ मिटर चौडाइ र ५ मिटर उचाइ भएको कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेको
Sources:eKantipur
0 comments:
Post a Comment